काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा सांसद माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बन भएको जानकारी संसद्मा गराइएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उक्त विषयमा संसदलाई जानकारी गराउँदै नेपालको पद निलम्बनसम्बन्धी कानुनी व्यवस्था अनुसारको सूचना वाचन गरेका हुन्।

advertisement

“सम्बन्धित संवैधानिक निकायमार्फत भ्रष्टाचार मुद्दा दायर भएकाले नेपालको प्रतिनिधिसभा सदस्यको पद स्वतः निलम्बन भएको छ,” सभामुख घिमिरेले भने।

संविधान तथा प्रचलित कानुनअनुसार सार्वजनिक पदधारी व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी अभियोग दर्ता भएपछिको प्रक्रिया अनुरूप निलम्बन लागू भएको हो।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com