काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा पूर्वाग्रहपूर्ण ढंगले दायर गरिएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले जीवनभर कुनै पनि बेला घुस नलिएको दाबी गरे।

advertisement

“मैले कहिल्यै घुस खाएको छैन, त्यसैले डराउनुपर्ने कुनै कारण छैन,” नेपालले भने, “खाएको विष मात्र लाग्छ, नखाएको विषले केही गर्दैन।”

उनले आफूविरुद्ध लगाइएको आरोप पूर्णतः असत्य र राजनीतिक प्रेरणाबाट प्रेरित भएको जिकिर गर्दै घुस लिएको प्रमाण प्रस्तुत गर्न चुनौतीसमेत दिए।

“म निर्दोष छु, यदि कसैसँग प्रमाण छ भने सार्वजनिक गर्नुस्,” उनले भने, “तर झूठा आरोप लगाएर मेरो राजनीतिक यात्रा र छविमा आँच पुर्‍याउने प्रयास असफल हुनेछ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सत्य उजागर हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै न्यायिक प्रक्रियामा भरोसा राख्न सबैसँग आग्रह गरे।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com