पोखरा । बागलुङको बुर्तिबाङमा शुक्रबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
ढोरपाटन नगरपालिका–५, बतासेडाँडामा लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप सडकबाट खसेर दुर्घटना भएको हो। जिप बुर्तिबाङबाट सहीखोला तर्फ जाँदै थियो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ९ जनाको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया