काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले डा. बाबुराम भट्टराईको भूमिकाले जनयुद्धलाई केवल हिंसा र रक्तपातमा सीमित हुनबाट जोगाएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नयाँ शक्ति पा र्टी (नेसपा)को दसौँ स्थापना दिवसको कार्यक्रममा बोल्दै भुसालले जनयुद्धमा भट्टराईको उपस्थितिले राजनीतिक दृष्टिकोण, वैचारिक आधार र गहिरो विमर्श जोडिएको उल्लेख गरे।

advertisement

“यदि कमरेड बाबुराम भट्टराई जनयुद्धमा सहभागी हुनुहुन्नथ्यो भने त्यो आन्दोलन मान्छे मार्ने र मर्ने क्रियाकलापमै सीमित हुने थियो,” भुसालले भने, “उहाँले साहित्य, चिन्तन र वैचारिक बहसलाई जनयुद्धसँग जोड्नुभएको थियो।”

उनका अनुसार भट्टराईले जनयुद्धमा राजनीतिक गम्भीरता र वैचारिक दिशा दिएको कारणले नै आन्दोलनले व्यापक अर्थ पाएको हो।
भुसालले आजको राजनीतिक परिस्थितिमा पनि वैचारिक स्पष्टता र गहिरो विश्लेषण आवश्यक रहेको भन्दै डा. भट्टराईको योगदानलाई स्मरणीय बताएका थिए।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com