काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले डा. बाबुराम भट्टराईको भूमिकाले जनयुद्धलाई केवल हिंसा र रक्तपातमा सीमित हुनबाट जोगाएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नयाँ शक्ति पा र्टी (नेसपा)को दसौँ स्थापना दिवसको कार्यक्रममा बोल्दै भुसालले जनयुद्धमा भट्टराईको उपस्थितिले राजनीतिक दृष्टिकोण, वैचारिक आधार र गहिरो विमर्श जोडिएको उल्लेख गरे।
“यदि कमरेड बाबुराम भट्टराई जनयुद्धमा सहभागी हुनुहुन्नथ्यो भने त्यो आन्दोलन मान्छे मार्ने र मर्ने क्रियाकलापमै सीमित हुने थियो,” भुसालले भने, “उहाँले साहित्य, चिन्तन र वैचारिक बहसलाई जनयुद्धसँग जोड्नुभएको थियो।”
उनका अनुसार भट्टराईले जनयुद्धमा राजनीतिक गम्भीरता र वैचारिक दिशा दिएको कारणले नै आन्दोलनले व्यापक अर्थ पाएको हो।
भुसालले आजको राजनीतिक परिस्थितिमा पनि वैचारिक स्पष्टता र गहिरो विश्लेषण आवश्यक रहेको भन्दै डा. भट्टराईको योगदानलाई स्मरणीय बताएका थिए।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया