काठमाडौं । यातायात व्यवस्था कार्यालय चितवनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्यालय सहयोगी चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढाप घर भई भरतपुर महानगरपालिका-११ कैलाश टोल बस्ने ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ घर भई हाल भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ । सो क्रममा कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको छ ।

advertisement

सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५-२५ हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षासँग रकम असुल गरी फेल भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको जनाइएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com