काठमाडौं । सरकारले नेपाल घुमफिरमा आउने भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा ल्याउन सक्ने गरी व्यवस्था गरेको छ ।

सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै नेपाल भ्रमणमा हवाई वा स्थलमार्गबाट नेपाल आउने भारतीय नागरिकले ५ हजार अमेरिकी डलर बराबरको ट्राभल्स चेक ल्याउन सक्ने व्यवस्था गरेको हो ।

advertisement

त्यस्तै, तोकिएको बढी डलर ल्याउनुपरे भन्सारबिन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विवाहलगायतका सामाजिक कार्यमा भारतबाट आउने यात्रलुे स्व–प्रयोजनका लागि ल्याउने गहना फर्कंदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यसैगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com