काठमाडौं । बागलुङमा बागलुङमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

advertisement

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएपछि प्रहरीले जानकारी दिएको छ । कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ ।

जीप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिप सडकदेखि ६० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com