काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद निर्माणका लागि आवश्यक आधार तयार पार्नु नै पार्टीको प्रमुख कार्यभार भएको बताएका छन्।
दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न चुनाव जित्नु अपरिहार्य रहेको उल्लेख गरे।
श्रेष्ठले भने, “पार्टी गठन, संगठन विस्तार, आन्दोलनमा सहभागिता, चुनावमा प्रतिस्पर्धा, संसद र पालिकामा उपस्थिति किन आवश्यक हो ? यो सबै समाजवादको यात्रालाई साकार बनाउनका लागि हो। पार्टी चुनावको लागि मात्र होइन, न त सत्तामा पुग्नका लागि मात्र हो। हाम्रो उद्देश्य प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्री बन्नुमा सीमित छैन, त्योभन्दा धेरै महत्वपूर्ण लक्ष्यहरू छन्।”
उनले सामाजिक न्यायसहितको समृद्धि अहिलेको युगीन आवश्यकता भएको बताए।
श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारका पालामा मात्रै सामाजिक तथा आर्थिक क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव भएको दाबीसमेत गरे।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया