अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ शिख्रमा एक महिलाले घरायसी विवादका क्रममा आफ्नै श्रीमानको हत्या गरेकी छन्।

शनिबार राति करिब १ बजेको समयमा २७ वर्षीया मेखमाया कुमालले निदाइरहेका आफ्ना ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेकी जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार शनिबार साँझ पति–पत्नीबीच सामान्य विवाद भएको थियो। सोही विवादले उग्र रूप लिएर मेखमायाले रातिको समयमा श्रीमान सुतेकै अवस्थामा आक्रमण गरेकी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि आइतबार बिहानै प्रहरी टोली घटनास्थलमा पुगेर मेखमायालाई हत्या गर्न प्रयोग गरिएको दाउसहित नियन्त्रणमा लिएको हो। उनलाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनाको विषयमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com