काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा व्यवहारभन्दा नारामुखी र अवसरमुखी प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र क्रान्तिकारी नाराहरू घन्काउने तर व्यवहारमा ती निर्णयहरू लागू गर्न बेवास्ता गर्ने प्रवृत्ति देखिएको बताए।
उनका अनुसार, “पार्टीमा दुईथरी प्रवृत्ति देखिन्छ — एउटा, पार्टीका निर्णयहरू सही छन् र तिनलाई व्यवहारमा लागू गर्दै समाजवादको दिशामा अघि बढ्नुपर्छ भन्ने। अर्कोतर्फ, बैठकमा प्रस्तावमा सहमति जनाए पनि व्यवहारमा कार्यान्वयन गर्नतिर ध्यान नदिने प्रवृत्ति देखिएको छ।”

advertisement

श्रेष्ठले समाजवाद निर्माणका लागि आवश्यक आधार तयार पार्नुपर्ने र त्यसको निम्ति पार्टी नेतृत्वले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए। तर, हाल पार्टीमा पद प्राप्ति र व्यक्तिगत लाभप्रति बढी आकर्षण देखिएको भन्दै उनले आलोचना गरे।

“पार्टीमा हुँदा क्रान्तिकारी कुरा गरिरहने, तर व्यवहारमा पद खोज्ने, सुविधा लिने र सम्पन्न हुनेतर्फ लाग्ने प्रवृत्ति हावी भएको छ,” श्रेष्ठले भने, “यस्ता यथास्थितिवादी सोचहरूले पार्टीलाई कमजोर बनाउँछ।”

उनले सबै पार्टी सदस्यहरूलाई आत्मसमीक्षा गर्दै व्यक्तिगत र संस्थागत रूपान्तरणमा लाग्न आह्वान गरे।
“पहिले आफूलाई फेर्न सक्नुपर्छ, अनि मात्रै पार्टीलाई रुपान्तरण गर्न सकिन्छ,” उनले जोड दिए।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com