काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव संसद्मा राख्दै गर्दा सभामुख देवराज घिमिरेले छलफल प्रक्रिया रोक्दै नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई बोल्न समय दिए।

सांसद पाण्डेले अर्थमन्त्री बजेटसम्बन्धी महत्वपूर्ण कुरा राख्दै गर्दा एक प्रतिपक्षी दलको नाराबाजीका कारण आफूहरूले त्यसलाई राम्रोसँग सुन्न नपाएको गुनासो गरे। उनले नाराबाजीबीच सदन चलाउँदा अर्थमन्त्रीको प्रस्तुति प्रभावहीन देखिएको भन्दै असन्तुष्टि जनाए।

advertisement

‘सभामुखज्यू, तपाईंले सभा सञ्चालन गर्नुभएको शैली उपयुक्त देखिएन,’ पाण्डेले भने, ‘पहिले सहमति जुटाएर मात्र सदन अघि बढाउनुहोस्।’

उनले बजेटमाथिको गम्भीर छलफल सुनिश्चित गर्नका लागि संसद् अघि बढाउनुअघि सबै दलबीच सहमति कायम गर्न आग्रह गरे।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com