काठमाडौं । अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्ताको मार्ग अपनाउन आग्रह गर्दै चेतावनी दिएका छन् कि यदि अमेरिकामाथि कुनै पनि प्रकारको आक्रमण भयो भने अमेरिकी सैन्य शक्तिको सम्पूर्ण प्रयोग गर्दै इतिहासमै नदेखिएको कडा प्रतिकार गरिनेछ।

इरान र इजरायलबीच क्षेप्यास्त्र प्रहारसहितको तनावपूर्ण संघर्ष चर्किंदै जाँदा ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यस्तो प्रतिक्रिया दिएका हुन्।

advertisement

उनले लेखेका छन्, “यदि इरानबाट अमेरिकामाथि आक्रमण भयो भने, हाम्रो सशस्त्र सेनाको सम्पूर्ण शक्ति र कठोर जवाफ यति भयावह हुनेछ, जुन इतिहासमै कहिल्यै देखिएको छैन।”

इजरायलले शनिबार इरानको राजधानी तेहरानस्थित रक्षा मन्त्रालयको मुख्यालय र बुसहर प्रान्तको साउथ पार्स ग्यास प्रशोधन केन्द्रमा हमला गरी ठूलो क्षति पुर्‍याएको थियो। तर ट्रम्पले इरानमाथिको उक्त आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

“इरान र इजरायलबीचको यो रक्तपातपूर्ण द्वन्द्व म सहजै अन्त्य गराउन सक्छु,” उनले दाबी गर्दै भनेका छन्।

तर इजरायली आक्रमणपछि इरानले तेहरान र वाशिङ्टनबीच भइरहेका छैटौं चरणका आणविक वार्ता स्थगित गरिसकेको छ। इरानले अमेरिकासँग अब कुनै पनि वार्ताको ढोका बन्द भएको स्पष्ट संकेत दिएको छ।

त्यस्तै, इरानले अमेरिका, बेलायत र फ्रान्सलाई पनि चेतावनी दिँदै इजरायललाई सहयोग नगर्न आग्रह गरेको छ। यदि चेतावनीको अवज्ञा गरिएमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरू र पूर्वाधारहरू प्रत्यक्ष निशानामा पर्ने इरानको चेतावनी छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com