काठमाडौं । इजरायल र इरानबीच युद्ध चर्किरहेका बेला ती मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको नेपाल सरकारले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले इरानमा १२ जना नेपाली रहेको जनाएको छ ।

साथै उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै समस्या भए सम्पर्कका लागि भन्दै इरान हेर्ने कतारको दोहास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार राईको नम्बर सार्वजनिक गरेको छ ।

advertisement

परराष्ट्रले इजरायलमा ५ हजार ५ सय नेपाली रहेको र उनीहरू सबै सुरक्षित रहेको बताएको छ । इजरायलमा रहेका नेपालीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यसअघि तेलअभिभस्थित नेपाली दूतावासले एक एडभाइजरी जारी गर्दै सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो ।
शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किने सम्भावना बढेको छ । इराजली आक्रमणको जवाफमा इरानले पनि इजरायलमा मिसाइल आक्रमण गरेको छ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com