काठमाडौं । गैंडाले आक्रमण गर्दा आइतबार साँझ चितवनको मेघौलीमा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका २८ का ६० वर्षीय जंगे कुमालको गैंडाको आक्रमणमा परी ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० रविन्द्र खनालका अनुसार कुमाललाई आइतबार साँझ आठ बजे तिर गाउँ आडको राप्ती खोलामा गैंडाले हानेको हो।

advertisement

उनी माछा मार्न खोलामा गएका बेला घटना भएको डिएसपी खनालको भनाइ छ । आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल लगिएको थियो । चिकित्सकले राति नौ बजे जंगेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चितवन निकुञ्ज आडका चितवनसहित चार जिल्लाका गाउँ बस्तीमा जंगली जनावर गैंडा, बाघ, जंगली हात्ती लगायतका जीवजन्तुको आक्रमणमा परेर वर्षेनि पाँचदेखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com