काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर आईआरजीसीका इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो ।

आईआरजीसीसँग जोडिएको तस्त्रीम न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएका छन् ।

advertisement

यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘तपाईंलाई म यो भन्न सक्छु कि हामीले इरानका इन्टेलिजेन्स प्रमुख र उनका डिप्टीलाई मारेका छौं ।’

इरानको स्वास्थ्यमन्त्रालयका अनुसार शुक्रबादेखि इजरायली आक्रमणमा परी २२४ जनाको मृत्यु भइसकेको छ । यता इरानले इजरायलमाथि फेरि मिसाइल प्रहार गरेको छ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com