काठमाडौं । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् ।

advertisement

बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com