काठमाडौं । इजरायलले इरानमाथि शुक्रबारदेखि सञ्चालन गरिरहेको सैन्य कारबाहीका कारण देशभर व्यापक जनधनको क्षति भएको छ।

तेहरानको आवासीय क्षेत्र लक्षित गरिएपछि इरानको परराष्ट्र मन्त्रालय भवन समेत क्षतिग्रस्त भएको इरानी अधिकारीहरूले जनाएका छन्। राजधानीको उत्तरतर्फ पर्ने नार्मक क्षेत्रमा भएको आक्रमणमा थुप्रै आवासीय भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन्।

advertisement

इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भवनमा सामान्य क्षति पुगे पनि कर्मचारीहरू सुरक्षित रहेको जानकारी दिएका छन्। “इजरायल आवासीय क्षेत्रलाई निशाना बनाएको छैन भन्ने भ्रम फैलाउन खोजिरहेको छ, तर वास्तविकता त्यो होइन,” उनले भने।

हालसम्म प्राप्त जानकारीअनुसार इजरायली हमलामा कम्तीमा २२४ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ७० जना महिला र बालबालिका छन् भने १० बालबालिका भग्नावशेषमुनि फसेका छन्।

इरान सरकारले भने पछिल्लो आक्रमणमा ७८ जनाको ज्यान गएको तथा ३२९ जना घाइते भएको जानकारी दिएको छ। प्रारम्भदेखि हालसम्मको कारबाहीमा १,४०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

‘अपरेशन राइजिङ लायन’ नाम दिइएको यस अभियान अन्तर्गत इजरायलले चार दिनदेखि इरानका परमाणु, सैन्य र ऊर्जा संरचनाहरूमा लगातार आक्रमण गरिरहेको छ।

तेहरान, नातान्ज, इस्फाहान लगायतका विभिन्न क्षेत्रमा भएको हमलाले भौतिक पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ। राजधानीमा अहिले पनि खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com