काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेख्दै बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ काठमाडौँको बालाजुमा सकुशल अवस्थामा फेला परेका छन्।

उनलाई खोज्न परिचालित जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई सोमबार बालाजु क्षेत्रमा भेटेको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

advertisement

चिकित्सक श्रेष्ठले फेसबुकमा ‘अलबिदा’ लेखेपछि उनी बेपत्ता भएका खबरले सामाजिक सञ्जालमा चासो उत्पन्न गराएको थियो।

प्रहरीको सक्रियतामा उनी सुरक्षित अवस्थामा फेला परेको पुष्टि भएपछि उनका परिवारजन, सहकर्मी र शुभेच्छुकले राहतको महसुस गरेका छन्।

हाल उनलाई आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com