एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा देशभित्र बसिरहेका आप्रवासीहरूको डिपोर्टेसन तीव्र पार्न निर्देशन दिएका छन् ।

 सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’मा उनले संघीय एजेन्सीहरूलाई भएभरको सबै तागत लगाएर इतिहासकै सबैभन्दा ठुलो एक्लो सामूहिक निर्वासन कार्यक्रम पूरा गर्न निर्देशन दिएका हुन् । जबकि उनको यो नीतिविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।

advertisement

उनले यो निर्देशनमा लस एन्जलस, सिकागो र न्यूयोर्कलाई विशेष निशाना बनाएका छन् । जुन ६ मा कागजातबिहीन आप्रवासीहरूमाथि छापा मार्ने काम सुरु भएयता यी ठाउँमा बृहत् स्तरको प्रदर्शन धेरै भइरहेका छन् । यी विरोध प्रदर्शन दबाउन ट्रम्पले सेना परिचालन समेत गरेका थिए । उनको यो कदमले कानुनी चुनौती र आलोचना खेपिरहेको छ ।

यस प्रयासमा सम्भावित भएको सबै प्रयास गर्न र स्रोत लगाउन समग्र प्रशासनलाई आफूले निर्देशन दिएको ट्रम्पले बताएका छन् । ट्रम्पले अमेरिकाको घरेलु शान्तिलाई कम आँक्ने जोकोहीलाई देशभित्र प्रवेशमा निषेध गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com