काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बोल्ने क्रममा नाराबाजी गरेको प्रति सांसद सुशीला थिङले आपत्ति जनाएकी छन् । उनले सोमबार प्रतिनिधिसभामा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेको सन्दर्भको विषय उठान गर्दै आपत्ति जनाएकी हुन् ।

‘सभामुखज्यू, नियम २० र २१ बमोजिम नियम आपत्ति भयो । आपत्तिजनक शब्दहरू मानव तस्करीको कुरा उठ्यो । वक्ताले बोलिरहेको बेलामा नाराबाजी भयो । कसलाई मानव तस्करी गरेको भनेको हो ? प्रस्ट पारियोस् भनेर मैले यो कुरा राखेको हो ।’

advertisement

संसदभित्र गरिने गतिविधि मर्यादित जिम्मेवारीपूर्ण र उत्तरदायी हुनुपर्ने सभामुख घिमिरेले बताए । साथै उनले विरोध समर्थन गर्ने परिपाटी छ अब पनि यसलाई विकास गर्न अनुरोध गरे र अर्थमन्त्री पौडेललाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com