काठमाडौं । पाटन उच्च अदालतमा पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको माग गर्दै दायर निवेदनमाथि सोमबार सुनुवाइ सम्पन्न भएको छ। न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो।

पत्रकार पाठकमाथि विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा कारबाही गर्न खोजिएको भन्दै उनले उक्त कदमको विरुद्धमा अदालतमा रिट दायर गरेका थिए। साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि जिल्ला अदालत काठमाडौंबाट दफा ४७ बमोजिम पक्राउ अनुमति लिइएको थियो।

advertisement

पाठकले काठमाडौंस्थित हिल्टन होटलसम्बन्धी एक भिडियो सामग्री सार्वजनिक गरेका थिए, जसपछि प्रहरीमा उजुरी परेको हो। सो घटनापछि पक्राउ प्रक्रिया अघि बढाइए पनि पाठकले त्यसविरुद्ध अदालतमा कानुनी चुनौती दिएका हुन्।

उनको तर्फबाट दायर निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ। आजको सुनुवाइ सम्पन्न भए पनि अदालतको अन्तिम आदेश आउन भने बाँकी नै छ।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com