काठमाडाैं । जुम्लामा ट्याक्टर दुर्घटनामा परेको छ । चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन्।

सोमबार राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट तलिउमतर्फ जाँदै गरेको लु २ त १११५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

advertisement

उक्त दुर्घटनामा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर रोहित रसाइलीले जानकारी दिए।

‘सार्कीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो,’ उनले भने।

उनका अनुसार चन्दननाथ-९ का २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रगां सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएका छन्।

घाइतेहरूको स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनीहरूसबैको अवस्था सामान्य रहेको इन्स्पेक्टर रसाइलीले बताए।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com