काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा फेरि एक नयाँ विवाद सुरु भएको छ।
नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतो मंगलबार कार्यालय प्रवेशमै रोकिएकी छन्। नगर प्रहरीले उनलाई गेटमै अड्याएर भित्र जान दिएन।
उपप्रमुख महतोले आफूलाई प्रवेशमा अवरोध गरिएको घटनाको भिडियो फेसबुकमा लाइभ गर्दै सार्वजनिक गरेकी छन्। उनका अनुसार नगर प्रहरी अधिकारीहरूले “माथिबाट आदेश आएको” भन्दै उनलाई रोकेका थिए।
महतो बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा करिब १० बजे पुगेकी थिइन्, तर त्यसबेला कार्यालयमा छिर्न नपाएकी हुन् ।
स्थानीय स्रोतका अनुसार उपप्रमुख महतो र कर्मचारीबीचको मतभेदका कारण यस्तो स्थिति सिर्जना भएको हो। भनिन्छ, सोमबार उनले कार्यालयका केही महत्वपूर्ण कागजात जबरजस्ती लिएर घर लगेको घटनापछि वातावरण झन् तनावग्रस्त बनेको हो।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया