काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्री ७९ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

गत चैत्र १५ गते राजसंस्था समर्थकको प्रदर्शन बेकाबु भएपछि प्रहरीले बल प्रयोग गर्दा सर्वसाधारणसमेत लक्षित भएका थिए। सोही क्रममा आफ्ना दाजु कुमार खत्रीसँग भित्री गल्ली हुँदै घरतर्फ जाँदै गरेकी रेविका प्रहरीको गोलीको शिकार बनेकी थिइन्।

advertisement

घटनामा कुमार पनि घाइते भएका थिए र केही समयको उपचारपछि डिस्चार्ज भएका थिए। तर रेविकाको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गरिनु परेको थियो। गोली उनको दाहिने खुट्टामा लागेर भित्रि नसासमेत चुँडिएको थियो। त्यसपछि चिकित्सकले उनको १० पटकसम्म शल्यक्रिया गरेका थिए।

घाइते भएपछि रेविकालाई सुरुमा सिभिल अस्पतालमा भर्ना गरिएको थियो। केही समयपछि स्वास्थ्यमा सुधार देखिएपछि उनलाई घर लगिएको थियो। तर फेरि समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएकी थिइन्।

उनका दाजु कुमारका अनुसार रेविकाको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएपछि सोमबार साँझ अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com