काठमाडाैं ।  युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू दर्जनौँ मानिसहरूको मृत्यु भएको अधिकारीहरूले भनेका छन् ।

सोमबार राति भएको यो आक्रमण तीन वर्ष अघि रुसले पूर्ण: स्तरको आक्रमण सुरु गरेयता किभमाथि गरिएको सबैभन्दा ठुलो बमबारी भएको बताइएको छ । उक्त राति ४४० वटा ड्रोन र ३२ वटा मिसाइल प्रहार भएको युक्रेनको आन्तरिक मन्त्री इहोर क्लेमेन्कोले भने ।

advertisement

सोही रात रुसको हवाई रक्षा इकाईले पनि १४७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । रुसले किभमाथि ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो ।

एउटा मिसाइल नौतले भवनमा लागेको बताइएको छ । मर्नेमा ६२ वर्षीय अमेरिकी नागरिक समेत रहेको किभका मेयर भिताली क्लित्श्कोले भने । भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि उद्धार समूह अझै खटिरहेको क्लेमेन्कोले बताए ।
– एन्जेन्सी

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com