काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालीहरूलाई अब देशभित्रै अवसर पहिल्याउँदै भविष्य निर्माण गर्ने अभियानलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

‘कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू’ नामक पुस्तकको राजधानीमा आयोजित विमोचन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा अपार सम्भावना हुँदाहुँदै पनि धेरैले आफ्नो भविष्य विदेशमै खोज्ने प्रवृत्ति देखिएकोप्रति चिन्ता व्यक्त गरे।

advertisement

उनले भने, “हाम्रो देश सानो भए पनि प्रकृतिको दृष्टिले धनी छ। संस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले पनि हामी अत्यन्त सम्पन्न छौं। यिनै स्रोत र सम्भावनालाई सदुपयोग गर्दै हामीले यही देशमै भविष्य खोज्न जरुरी छ।”

विदेशमा हासिल गरिएको ज्ञान, सीप र पुँजीलाई मातृभूमिमा प्रयोग गर्न सके, देश छिट्टै समृद्धिको बाटोमा अघि बढ्न सक्ने पौडेलको भनाइ छ।

उनले थपे, “आजको युगमा शिक्षा, रोजगार र व्यवसायका कारण मानिसहरू देश–विदेश आवतजावत गरिरहेका छन्, जुन स्वाभाविक हो। तर, विदेशमा कमाएको पुँजी र सिकेको सीपलाई आफ्नो देशमा लगानी गर्नु नै दीर्घकालीन समाधान हो।”

कोरियामा बसेर सफल जीवन निर्माण गरेका नेपालीहरूको अनुभवलाई पुस्तकमार्फत सार्वजनिक गरिएको सन्दर्भमा अर्थमन्त्री पौडेलले त्यस्ता कथाहरूले देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास पैदा गर्ने विश्वास व्यक्त गरे।

उनले विशेषगरी युवाहरूलाई विदेशमा कमाएको सीप र पुँजीलाई नेपालमै प्रयोग गरी मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन आव्हान गरे।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com