काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

advertisement

दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल पनि विना निष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com