खलङ्गा । महाकाली नगरपालिका–६ स्थित ‘निसिलको थागिल’ भन्ने स्थानमा ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ।

आज बिहान घर नजिकै खर काट्ने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा टाउकोमा लागेपछि पाल गम्भीर घाइते भएका थिए। स्थानीयवासीहरूले तत्कालै उनलाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारको क्रममा उनको ज्यान जोगाउन सकिएन।

advertisement

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार पाल केही दिनअघि मात्र बिदामा घर आएका थिए। घरको काम सघाउने क्रममा यो दुःखद दुर्घटना भएको हो।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com