काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ। यो सूचना विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ अनुमति प्राप्त भएको भन्दै जारी गरिएको हो।
पाठकविरुद्ध हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडिएको उजुरीका आधारमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिए पनि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिँदै पक्राउ नगर्न भनेको थियो।
ब्यूरोले मंगलबार वेबसाइटमार्फत पाठकलाई अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ। यसअघि यस्तो सार्वजनिक सूचना जारी नभएको र कानुनको दुरुपयोग भएको भन्दै ३५ सम्पादकहरूले आपत्ति जनाएका छन्।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया