काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार बालुवाटारमा महत्वपूर्ण भेटवार्ता भएको छ।

पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न विशेष रूपमा बालुवाटार पुगेकी थिइन्। करिब एक घण्टा लामो संवादका क्रममा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक मुद्दाहरूमा गहन छलफल भएको स्रोतले जानकारी दिएको छ।

advertisement

हालै पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने अड्कलबाजीहरू भइरहेका बेला भएको यो भेटलाई विश्लेषकहरूले विशेष महत्वका साथ हेरेका छन्। भेटवार्ताले एमालेको आन्तरिक रणनीति तथा आगामी राजनीतिक समीकरणमा केही नयाँ संकेत दिने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ।

 

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com