काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मङ्गलवार राति तामाकोशी नदीमा गैर कानुनी रूपमा करेन्ट प्रयोग गरेर माछा मारिरहेको सूचना प्राप्त भएपछि प्रहरीको टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ का ३९ वर्षीय ललित बहादुर माझी, २० वर्षीय प्रेम माझी, ३६ वर्षीय राजन माझी, २७ वर्षीय भरत बहादुर माझी र ३६ वर्षीय आशिष माझी रहेका छन्। करेन्ट लगाएर माछा मार्न प्रयोग गरिएको ब्याट्री, तार, जाल र माछा सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। विद्युत प्रवाह जस्ता जोखिमपूर्ण तरिकाबाट माछा मार्नु वातावरण तथा जीवजन्तुका लागि घातक हुने भएकाले यसलाई कानुनले प्रतिबन्ध मानिन्छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com