एजेन्सी । इन्डोनेसियाको पूर्व नुसा तेंग्गारा प्रान्तमा अवस्थित माउन्ट लेवोटोबीमा लाकी–लाकी नामक ज्वालामुखी विस्फोट भएको छ। स्थानीय भौगर्भिक एजेन्सीका अनुसार ज्वालामुखीले ११ किलोमिटर उचाइसम्मको विशाल खरानीको मुस्लो आकाशमा उडाएको छ।

यो ज्वालामुखी स्थानीय समय अनुसार साँझ ५ बजेर ३५ मिनेटमा विस्फोट भएको हो। ज्वालामुखीबाट निस्किएको खरानीको मुस्लो इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय टापु फ्लोरेसको आकाशमा फैलिएको थियो।

advertisement

१ हजार ५ सय ८४ मिटर अग्लो र दुई टाकुरी भएको यो ज्वालामुखीको वरिपरि ७ किलोमिटरको निषेधित क्षेत्र घोषणा गरिएको छ। हालसम्म कुनै क्षति वा मानवीय हताहतीको खवर प्राप्त भएको छैन।

यो ज्वालामुखी गत नोभेम्बरमा पनि पटक–पटक विस्फोट भएको थियो, जसमा ९ जनाको ज्यान गएको थियो र हजारौं मानिस विस्थापित भएका थिए । त्यसबेला पनि खरानीको मुस्लोका कारण धेरै हवाई उडानहरू रद्द गरिएका थिए।

 

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com