काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।

गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।

advertisement

डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com