काठमाडौं । रिभर प्लेटले उरवा रेड डाइमन्ड्सको बलियो चुनौती तोड्दै क्लब वर्ल्डकपमा मंगलबार ३–१ को विजयी सुरुआत लिएको छ र यससँगै अर्जेन्टिनी टिमले तीन अंक बटुलेको छ । उसका लागि फकुन्डो कोलिडोओ, सबास्टिन ड्रिसी र म्याक्सिमिलिनो मेजाले एक एक गोल गरे ।

समूह ‘ई’ को खेलमा जापानी टिमका लागि एक मात्र गोल यसुके मातासुओले पेनाल्टीबाट गरे । समूह ‘एफ’ मा भने मामेलोडी सनडाउन्सले उल्सन हुन्डालाई १–० ले हरायो र त्यसमा निर्णायक गोल इकराम रायनर्सको रह्यो ।

advertisement

यो जितसँगै तीन अंकमा मामेलोडी समूहको शीर्ष स्थानमा रहन सफल रह्यो । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डलाई फ्लुमिनेजले गोलरहित बराबरीमा रोक्यो ।

 

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com