एजेन्सी । इजरायलले गरेको आक्रमणमा परेर  इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ।

इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

advertisement

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com