काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५३ वर्षीया मिना सिंह खेमानी रहेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
दुबईबाट एयर अरेबियाको उडानमार्फत नेपाल आएकी उनलाई मङ्गलवार राति विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनका साथबाट करिब १ किलो १६० ग्राम तौलको अर्धठोस अवस्थामा रहेको सुन फेला परेको एसएसपी सोमेन्द्रसिंह राठौरले पुष्टि गरे।
बरामद गरिएको सुन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको पनि एसएसपी राठौरले जानकारी दिए। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार












प्रतिक्रिया