काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर करण केसीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेटको कीर्तिमान हासिल गरेका छन्।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टिमका लागि खेल्दै गरेका करणले मंगलबार घरेलु टोलीविरुद्धको खेलमा दुई विकेट लिँदै यो महत्वपूर्ण उपलब्धि प्राप्त गरेका हुन्। यससँगै उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने नेपालका दोस्रो बलर बनेका छन्। यसअघि नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले यो उपलब्धि हासिल गरिसकेका छन्।
मंगलबारको खेलमा करणले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै शतकीय विकेटको यो ऐतिहासिक उपलब्धिमा प्रवेश गरेका थिए।
८० खेलमै १०० विकेट
३३ वर्षीय करण केसीले सन् २०१५ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। मंगलबारको खेल उनको ८०औँ अन्तर्राष्ट्रिय टी–२० खेल थियो। उनले अहिलेसम्म ८० खेलमा कुल १०१ विकेट लिएका छन्।
नेपाली बलरहरूको कीर्तिमान सूची
-
सन्दीप लामिछाने – ६० खेल, ११५ विकेट
-
करण केसी – ८० खेल, १०१ विकेट
-
सोमपाल कामी – टी–२० अन्तर्राष्ट्रियमा ७६ विकेट
करणको यो सफलता नेपाली क्रिकेटको लागि गर्वको विषय हो। बलिङ क्षमतामा निरन्तर सुधार गर्दै आएका उनले नेपाललाई धेरै खेलमा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया