काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सञ्चार क्षेत्र समावेशिताको दृष्टिकोणले दक्षिण एसियामै अग्रणी बन्दै गएको बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण (पीएसबी) ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै यस क्षेत्र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार सबैभन्दा समावेशी बनेको दाबी गरे।

advertisement

“संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि कुनै क्षेत्र पूर्णरूपमा समावेशी छ भने त्यो सञ्चार तथा सूचना प्रविधि क्षेत्र नै हो,” मन्त्री गुरुङले भने।

उनका अनुसार गोरखापत्र दैनिकमा हाल ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशन भइरहेको छ भने रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको छ। साथै, राष्ट्रिय समाचार समिति (रासस) मार्फत मैथिली र नेपाल भाषामा पनि समाचार सामग्री उपलब्ध गराइएको छ।

मन्त्री गुरुङले चाँडै तामाङ भाषामा पनि समाचार प्रसारण सुरु हुने जानकारी दिँदै नेपालमा बोलिने सबै भाषालाई समेट्ने उद्देश्य रहेको स्पष्ट पारे।

“सार्वजनिक सेवा प्रशारण कार्यान्वयनमा हामी दक्षिण एसियामै अगाडि छौं। भारतपछि सम्भवतः नेपाल नै दोस्रो हो, तर गोरखापत्रमा ४५ भाषामा समाचार छापिने कार्य त कुनै पनि मुलुकमा छैन होला,” उनले भने।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com