काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि गरिएको निलम्बनको निर्णय उच्च अदालत पाटनले खारेज गरेको छ। बिहीबार अदालतले अन्तरिम आदेश जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उक्त निर्णयलाई बदर गरेको हो।
महानगर प्रहरी प्रमुख पाण्डेमाथि प्रशासनिक निर्णयमार्फत गरिएको निलम्बन अवैधानिक ठहर गर्दै अदालतले तत्काल प्रभाव नपार्ने गरी निलम्बनको कार्यान्वयन रोक्न आदेश दिएको हो। अदालतको आदेशसँगै पाण्डे पुनः पदमा फर्कन सक्ने भएका छन्।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया