काठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरोले आज पनि विभिन्न राजमार्गको आवागमन प्रभावित भएको छ भने केही सडकहरु एकतर्फी खुलाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास(दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ । सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

advertisement

यता, काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतमा आएको लेदोसहितको पहिरोले अवरुद्ध बीपी राजमार्गमा एकतर्फी सञ्चालनमा आएको छ। ट्राफिक प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

त्यस्तै अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी खण्डमा पहिरो खसेपछि आवागमन जोखिमपूर्ण बनेको छ । बाह्रबिसे तातोपानी सडक खण्डको कोप्लाङ, कोदारी, इको र लार्चामा बाढीले ह्युमपाइपसमेत बगाएको छ ।

यसैगरि पहिरोले अवरुद्ध बेसीशहर-चामे सडक सञ्चालनमा आएको छ ।

 

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com