काठमाडौं : इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकपअन्तर्गत मोरक्कोको क्लब विदादविरुद्ध २–० को सहज जित निकालेको छ।  खेलको सुरुआतमै फिल फोडेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो गोलका लागि असिस्टसमेत गरे।

सिटी समूह ‘जी’ मा शीर्ष स्थानमा छ। अब आइतबार अटलान्टामा अल–आइनको सामना गर्नेछ।​ विदाद भने फिलाडेल्फियामै रहेर अर्को प्रतिद्वन्द्वी युभेन्ट्ससँग भिड्नेछ।

advertisement

दोस्रो मिनेटमै गोलकिपर एल मेहदी बेनाबिदको क्रस डिफ्लेक्ट भएपछि फोडेनले सहज रुपमा गोल गरे। ४२औं मिनेटमा फोडेनको कर्नर किकमा जेरिमी डोकुले दोस्रो गोल गरे।

डोकुको गोलपछि केही समयमै एक पशु अधिकारकर्मी मैदानभित्र पसेर मोरक्कोमा सडक कुकुर र बिरालामाथि हुने व्यहारविरुद्ध प्रदर्शन गरे। सुरक्षाकर्मीले उनलाई तुरुन्त नियन्त्रणमा लिएर मैदानबाट बाहिर लगे।

यसैबीच खेलको दोस्रो हाफमा विदाद समर्थकले सिटीको पोस्ट पछाडि फ्लेयर फालेपछि खेल केही समय रोकिन पुगेको थियो। ८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि सिटी १० खेलाडीमा सीमित रह्यो।

गएराति नै भएको अर्को खेलमा स्पेनिस जायन्ट रियल मड्रिड साउदी अरबको क्लब अल हिलालसँग १–१ बराबरीमा रोकियो। समूह एचमा रहेका दुवै टोलीले अंक बाँडेका छन्।

 

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com