वर्षातका कारणले नारायणगढ–बुटवल सडक खण्डको विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्ने खण्डमा अत्यधिक हिलोका कारण सवारी साधन चिप्लने भएकाले वैकल्पिक सडक  प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

‘विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भइरहेको डाइभर्सनमा क्षति पुगेको कारण तथा निरन्तर वर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भएकाले सकेसम्म उक्त क्षेत्रबाट यात्रा नगरी वैकल्पिक रूटहरूको प्रयोग गर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको सूचनामा भनिएको छ।

advertisement

त्यसैले पूर्वबाट पश्चिम जाने सवारी साधनहरूले नारायणगढ, मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

काठमाडौबाट पश्चिमतर्फ जाने सवारी साधनले मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै यात्रा गर्न सक्ने प्रहरीले बताएको छ। त्यस्तै पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनले बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुँदै यात्रा गर्न प्रहरीले सुझाव दिएको छ।

साना सवारी साधनले भने बाटोको अवस्था बुझेर कालिगण्डकी करिडोरअन्तर्गत गैडाकोट, पीपलडाडा सडक खण्डबाट यात्रा गर्न सक्ने प्रहरीले जनाएको छ।

नारायणगढ–बुटवल खण्डमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले गर्‍यो आग्रह

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com