काठमाडौं । स्कटल्यान्डमा जारी ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा आज (असार ५) नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । स्कटल्यान्डको ग्लासगोमा यो खेल नेपाली समयानुसार बेलुका ७ः३५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा यसअघिका दुईमध्ये नेपालले समान एक खेलमा जित र हारको नतिजा आत्मसात् गरेको छ । नेपालले यसअघि कीर्तिमान बनेको पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो । तेस्रो सुपर ओभरसम्म पुगेको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हो ।

advertisement

नेपालले दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

हालसम्म तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले भने दुईमा जित र एकमा हार बेहोरेको छ । नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा लगातार जित निकालेको नेदरल्यान्ड्सले नेपाललाई सुपर ओभरमा र स्कटल्यान्डलाई १७ रनले हराएको थियो ।

तीन खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको स्कटल्यान्ड दोस्रो र दुई अंककै नेपाल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com