काठमाडाैं ।  भारत गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले अहमदाबाद विमान दुर्घटनामा मारिएका २१० जनाको डीएनए मिलेको बताएका छन्।

उनले १८७ शव परिवारलाई हस्तान्तरण गरिएको बताए।

advertisement

पटेलले इन्स्टाग्राममा पोस्ट गर्दै जुन १९ मा बिहान ८:३० बजेसम्मको अपडेट दिए र बाँकी शवहरू चाँडै नै परिवारलाई हस्तान्तरण गरिने बताए।

जुन १२ मा गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर एआई१७१ दुर्घटनाग्रस्त भएको थियो। यस विमानमा कुल २४२ जना सवार थिए।

दुर्घटनामा एक जना बाहेक सबै २४१ जनाको मृत्यु भयो। यसबाहेक घटना स्थलमा उपस्थित अन्य २९ जनाको पनि मृत्यु भएको थियो।

-बिबिसी

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com