काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर सांसद सुमना श्रेष्ठको निर्देशनमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी दिइएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति बनाएको छ । रास्वपाको सचिवालय बैठकले सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लब विष्ट सदस्य छन् । समितिले नक्कली उजुरी दिन प्रोत्साहन गरेको/नगरेको विषयमा छानबिन गर्नेछ ।

advertisement

रास्वपाले श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको दाबीसहित आएका समाचारलाई भ्रामक भनेको छ । “पार्टीले यसलाई संसद्को रोस्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृंखलाको एक हिस्सा मानेको छ । पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन,” रास्वपाले भनेको छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com