काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा राखेर यथाशक्य चाँडो पारित गर्न माग गरेको छ। पार्टीका प्रमुख सचेतक सिहतराज पाण्डेले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारले विधेयकलाई कार्यसूचीमा नराखेकोप्रति गम्भीर आपत्ति जनाए।

उनले असार ३ गतेका लागि तय गरिएको विधेयक संघीय संसद् सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकाबाट हटाइएको भन्दै आलोचना गरे। “पहिल्यै कार्यसूचीमा राखिएको विधेयक पछिल्लो तालिकाबाट हटाइनु उचित होइन,” पाण्डेले भने, “यसलाई पुनः कार्यसूचीमा समावेश गरी छिटोभन्दा छिटो पारित गर्नुपर्छ।”

advertisement

संघीय निजामती संरचना सञ्चालनका लागि महत्वपूर्ण मानिएको सो विधेयक लामो समयदेखि अड्किएको छ। माओवादी केन्द्रले यस विधेयकले संघीयताको कार्यान्वयनमा टेवा पुर्‍याउने भएकाले ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको हो।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com