काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग उठेको छ । यस्तो माग प्रतिनिधि सभामै उठेको हो ।

प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

advertisement

यही माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले सदनको बैठक नै बहिष्कार गर्दै आएका छन् ।

अवरोध र बहिष्कारका बीचमा सदनको कामकारबाही अगाडि बढाइएको र यो संसदीय अम्भ्यास र मूल्य मान्यता विपरित रहेको भन्दै आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले सरकारको भूमिका खोजेका हुन् ।

‘बजेटमाथि छलफल चलिरहेको छ तर, संसद्‌मा विरोध प्रदर्शन भइरहेको छ । सरकारलाई मतलब छैन’ उनी भन्छन्, ‘म सभामुखलाई आग्रह गर्न चाहन्छु– सरकार गम्भीर हुन निर्देश होस् । सभामुखबाट रुलिङ होस् भन्ने माग गन चाहन्छु ।’

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com