एजेन्सी । गत जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् ।

इरानले इजरायलका तेल अभिभ, हाइफा, पेतहा टिभ्का, बीर सेभा र तमारालगायत क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । इजरायलको वायु सुरक्षा प्रणाली इरानका धेरै मिसाइलहरूलाई रोके पनि केही भने आफ्नो लक्ष्यसम्म पुग्न सफल भएका छन् । यसबाट अस्पताललगायत विभिन्न भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ ।

advertisement

पछिल्लो जानकारी अनुसार इजरायलमा इरानले गरेको आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, ५ सयभन्दा बढी घाइते भएका छन् ।

उता, इजरायली आक्रमणमा परेर इरानमा पनि शीर्ष सैन्य अधिकारी र वैज्ञानिकसहित ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com