काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले उक्त आदेश जारी गरेको हो।
अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म प्रहरीलाई पाठकलाई पक्राउ गर्न अनुमति छैन। काठमाडौंको पाँचतारे होटल ‘हिल्टन’ सम्बन्धी बनाइएको एक भिडिओका कारण उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
अदालतको आदेशपछि अब पाठक कानुनी प्रक्रिया जारी रहँदासम्म सुरक्षित रहनेछन्।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया